काेशीमा नयाँ सरकार गठनको आव्हान, दिइयो शुक्रबारसम्मको समय

काेशीमा नयाँ सरकार गठनको आव्हान, दिइयो शुक्रबारसम्मको समय

विराटनगर : कोशी प्रदेशमा नयाँ सरकार गठन आव्हान भएको छ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार शुक्रबारसम्मको समय दिएर सरकार गठनको आव्हान गरेका हुन्।

विश्वासको मत नलिने र राजीनामा पनि नदिने मुख्यमन्त्री केदार कार्कीको अडानपछि एमाले-माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई दबाव दिएका थिए।

कार्की सरकार पनि धारा १६८ (५) अन्तर्गत गठन भएको हो। यस धारा अनुसार मुख्यमन्त्री दाबी गर्न संसदीय दलको नेता चाहिँदैन।

प्रदेशसभाका जोसुकै सदस्यले बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्न सक्छन्। कार्कीलाई पछि माओवादी र कांग्रेसले विश्वासको मत दिएका थिए।

२६ बैशाख, २०८१, २२:५८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।