उपेन्द्र अमेरिका हुँदा पार्टी फुटको संघारमा

उपेन्द्र अमेरिका हुँदा पार्टी फुटको संघारमा

काठमाडौँ : उपेन्द्र यादव नेतृत्वको सत्तारूढ जनता समाजवादी पार्टी नेपाल फुटको सँघारमा पुगेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकामा रहँदा यता पार्टी विभाजनको सँघारमा पुगेको हो।

अशोक राई नेतृत्वमा आइतबार १२ सांसदमध्ये ७ र २९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूले दल विभाजन गरेर नयाँ दलको मान्यताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो।

पार्टीको नाम जनता समाजवादी जुराएर निवेदन दिएका हुन्।अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठ नयाँ दल गठनको पक्षमा लागेका छन्।

गठबन्धन बदलिएसँगै यादव स्वास्थमन्त्री बन्दै सरकारमा सहभागी भएका थिए।

२३ बैशाख, २०८१, १८:११:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।