सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब, १२ करोड लाभांश वितरण गर्ने

सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब, १२ करोड लाभांश वितरण गर्ने

काठमाडौँ : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

शुक्रबार बिराटनगरमा भएको साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए। 

साधारणसभाले सञ्चालक समितिको आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, साबिक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लेखा परीक्षकको प्रतिवेदन सहितको मिति २०७९ साल पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को मिति २०७९ साल पौष ६ गतेको नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्नुका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरू माथि छलफल गरी पारित गरेको जनाइएको छ। 

सभाले आर्थिक बर्ष २०८०/०८१ को लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी ४ अर्ब, ५४ करोड, ५५ लाख, ७२ हजार, १ सयको १०.२६ प्रतिशतका दरले हुने रकम ४६ करोड, ६३ लाख, ७५ हजार, ६९७ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस शेयर वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गरी ५ अर्ब, १ करोड, १९ लाख, ४७ हजार ७९७ पुर्याउने प्रस्ताव पारित गरेको छ। 

कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजी ४ अर्ब, ५४ करोड, ५५, लाख ७२ हजार, १०० को २४.७४ प्रतिशतका दरले हुने रकम १ अर्ब, १२ करोड, ४५ लाख, ७४ हजार, ५३७ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ। 

२१ बैशाख, २०८१, १९:०४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।