थमन विकको हत्यामा संलग्न मधेश प्रदेशका लोसपा सांसद शर्मा निलम्बित

थमन विकको हत्यामा संलग्न मधेश प्रदेशका लोसपा सांसद शर्मा निलम्बित

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन्।

शुक्रबार मधेश प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै अदालतबाट जन्मकैदको सजाय पाएका शर्मालाई निलम्बन गरिएको जानकारी दिए। उनी लोसपाका संसदीय दलका नेतासमेत हुन्। 

गत मंसिर २८ गते लोसपाका मधेश प्रदेश संसदीय दलका नेता शर्मासहित ७ जनालाई जिल्ला अदालत महोत्तरीले जन्म कैदको सजाय सुनाएको थियो।

सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा प्रत्यक्ष संग्लन रहेको भन्दै अदालतले शर्मासहित प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, शंकर शाही भनिने राम शंकर शाही र सुरेश पाण्डेलाई जन्म कैदको सजाय सुनाइएको छ। 

२१ बैशाख, २०८१, १७:२८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।