फ्राइडे रिलिज : हलमा थपिए ‘मनसरा’ र ‘द फल गाइ’

फ्राइडे रिलिज : हलमा थपिए ‘मनसरा’ र ‘द फल गाइ’

काठमाडौं : हरेक साताको शुक्रबार झैँ यो साता पनि नयाँ सिनेमा हलमा लागेका छन्। यो साता एक नेपाली फिल्मसहित दुई नयाँ फिल्म हलमा थपिएको छ।

‘जारी’ फिल्म निर्देशक गरेका उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’ हलमा लाग्दा उता अंग्रेजी फिल्म ‘द फल गाइ’ पनि प्रदर्शनमा आएको छ।

शुक्रबार १० बजेभन्दा पछाडी नै फिल्मलाई १ सय ८० भन्दा बढी शो दिइएको छ। पहिलो फिल्ममा राम्रो काम गरेकाले फिल्मप्रति दर्शकका अपेक्षा अलि बढी नै हुने देखिन्छ।

उता अंग्रेजी फिल्म ‘द फल गाइ’लाई देशभर शुक्रबार २५ शो मिलेको छ।

‘मनसरा’ र ‘द फल गाइ’ मात्र नभएर हलमा ‘महाजात्रा’, ‘डिग्री माइला’, ‘बोक्सीको घर’, ‘कुम्फु पाण्डा’, ‘क्रु’, ‘रुस्लान’, ‘द रेड सुटकेस’ लगायतका फिल्म पनि प्रदर्शनमै छन्।

वैशाख २१, २०८१ शुक्रबार ०९:१२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।