'जीबी राईकाे हत्या भएको र हत्यामा गृहमन्त्री लामिछाने संलग्न रहेको' भनेपछि पक्राउ परे खनाल

'जीबी राईकाे हत्या भएको र हत्यामा गृहमन्त्री लामिछाने संलग्न रहेको' भनेपछि पक्राउ परे खनाल

काठमाडौं : सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन्। उनलाई जथाभाबी अन्तर्वार्ता दिएर भ्रम फैलाएको आरोपमा पक्राउ गरेर आज सार्वजनिक गरिएको हो।

झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय खनाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खनालले जीबी राईकाे हत्या भएको र हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको अभिव्यक्ति दिएका थिए ।

उनलाई काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

१९ बैशाख, २०८१, २१:५७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।