विश्वकप खेल्न नपाउने भएपछि सन्दीपको प्रतिक्रिया : 'ममाथि षडयन्त्र गर्नेहरूलाई भगवानले आशिष दिऊन्'

विश्वकप खेल्न नपाउने भएपछि सन्दीपको प्रतिक्रिया : 'ममाथि षडयन्त्र गर्नेहरूलाई भगवानले आशिष दिऊन्'

काठमाडौं : आज नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गर्यो। रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गर्दा बलर सन्दीप लामिछाने भने छुटे। 

काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएपछि त्यसको निर्णय विरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर लामिछानेको मुद्दा अहिले विचाराधीन अवस्थामा छ। त्यसैकारण पनि उनी विश्वकप खेल्ने टोलीमा समावेश हुन सकेनन्। 

आज नेपालको स्क्वाड घोषणा भएपछि सन्दीपले सामाजिक सञ्जालमा दुई वटा पोस्ट गरेका छन्।  एउटा विरक्त भावको एमोजी पोस्ट गरेका छन् भने अर्कोपटक एउटा स्टेटस लेखेका छन्। 

स्टेटसमा उनले आफू षडयन्त्रको सिकार भएको दाबी गरेका छन्। 

'... म षडयन्त्रको सिकार भएकोमा मलाई कुनै शंका छैन। यस षडयन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशिष दिऊन्। म सबै कुरा भगवानमा छोड्छु। सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ,' उनले लेखेका छन्।  

१९ बैशाख, २०८१, २१:४०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।