ह्वावे डिजिटल एण्ड इन्टेलिजेन्स एपीएसी कांग्रेस बैंककमा

ह्वावे डिजिटल एण्ड इन्टेलिजेन्स एपीएसी कांग्रेस बैंककमा

काठमाडौं : ह्वावे डिजिटल एण्ड इन्टेलिजेन्स एपीएसी कांग्रेस सम्पन्न भएको छ। ह्वावे र एएसईएन फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजित ह्वावे डिजिटल एण्ड इन्टेलिजेन्स एपीएसी कांग्रेस बैंककमा भएको हो।

१५ एशिया–प्यासिफिकमा देश क्षेत्रबाट २ हजारभन्दा बढी सरकारी अधिकारी, विद्वान, साझेदार र विश्लेषकहरू यो सम्मेलनमा सहभागी थिए। सहभागीहरूले डिजिटल एण्ड इन्टेलिजेन्स क्षेत्रको विकास गरि, डिजिटल र बुद्धिमान एशिया–प्यासिफिकमा निर्माण गर्ने तरिकाहरू बारे छलफल गरिएको बताइएको छ। 

हालसम्म, ह्वावेले एशिया–प्यासिफिकमा १ लाखभन्दा बढी उद्यम साझेदारहरूको डिजिटल रूपान्तरण गर्न सहयोग गरेको छ। निरन्तर प्राविधिक आविष्कार मार्फत, ह्वावेले यस क्षेत्रलाई अग्रणी नेटवर्क र डाटा केन्द्र पूर्वाधार निर्माण गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

स्थानीय ग्राहकहरूको व्यावसायिक आवश्यकताहरू पूरा गर्न ह्वावेले ओपेनल्याब्स, फाइब जी संयुक्त आविष्कार प्रयोगशालाहरू र अन्य प्लेटफर्महरू निर्माण गरिएको कम्पनीले जनाएको छ। 

सब्रिना मेङ्ग, बोर्डकी उप–अध्यक्ष र ह्वावेको सी एफ ओले भिडियो मार्फत भनेका थिए, 'एशिया–प्यासिफिक विश्वको सबैभन्दा उज्यालो क्षेत्रहरू मध्ये एक मात्र होइन, यो डिजिटल अर्थतन्त्रको विकास गर्ने प्रयास गरिराखेका अन्य क्षेत्रहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ।'

एएसईएन फोर कम्युनिटी एण्ड कोर्प्रेटका उप–महासचिव, महामहिम नारार्य एस ओएप्राप्टोले ’ग्रोथ इन्जिन अफ थाइल्याण्ड’ नीति अन्तर्गत डिजिटल र बौद्धिक रूपान्तरणको गतिलाई आफ्नो प्राथमिकताको रूपमा उल्लेख गरे। उनले देशको समग्र डिजिटल मानव पुँजी सुधार गर्न यी रुपान्तरणका फाइदाहरू पेश गरे। 

ह्वावेका वरिष्ठ उपाध्यक्ष र हुवावे इन्टरप्राइज सेल्सका अध्यक्ष लिओ चेन डिजिटल एण्ड इन्टेलिजेन्स इन्फ्रास्ट्रक्चरलाई सम्भाव्यता र उत्पादकत्वलाई मुक्त गर्ने चाबीको रूपमा श्रेय दिए। 

ह्वावे एशिया–प्यासिफिक क्षेत्रका अध्यक्ष साइमोन लिनले अर्थतन्त्र र समाजमा प्रविधिलाई एकीकृत गर्नुपर्ने आवश्यकतामा जोड दिए।  

१९ बैशाख, २०८१, २०:५७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।