‘चुनावअधि पानीमा भिजेको बिरालो जस्ता प्रचण्ड चुनावपछि बाघ जस्तो भएर गर्जन थाल्नुभयो’

‘चुनावअधि पानीमा भिजेको बिरालो जस्ता प्रचण्ड चुनावपछि बाघ जस्तो भएर गर्जन थाल्नुभयो’

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उनलाई भरोसा गर्न नसकेको बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले माओवादी केन्द्रका अध्यक्ष दाहाल चुनावअघि पानीमा भिजेको बिरालो भएको र चुनाव जितेपछि बाघ जस्तो भएर गर्जन थालेको बताए। 

‘चुनावपछि खोलो तर्यो लौरो बिर्सियो भने जस्तो भयो। प्रचण्डजीले चुनावअघि पानीमा भिजेको बिरालो जस्तो भएको मान्छे बाघ जस्तो भएर चुनावपछि गर्जन थाल्नुभयो,’ उनले भने। 

उनले थपे,  ‘अब फेरि माओवादी पार्टीलाई हामी समाजवादी पार्टीमा रुपान्तरण गछौं मिलेर जाऔँ भन्नुहुन्छ। तर प्रचण्डजी माथि मेरो विश्वास थिएन। उहाँ त सत्ताको ला गि जे पनि गर्नुहुन्छ। तपाई कुर्सीमा बस्ने हो भन्यो भने उहाँ जतापनि बस्दिनुहुन्छ भन्ने मलाई थाहा थियो।’

भट्टराईले माओवादीसँग नयाँ ढंगबाट पार्टी एकता गरेर जाने सन्दर्भमा कुनै कुरा नै नभएको दाबी गरेका छन्। 

‘माओवादी युग र विचारको समय सकियो नयाँ ढङ्गबाट समाजवादी सहितको धु्र्विकरण छ हामी त्यसमा आउँछौँ भनेको हो। त्यहाँ पार्टी एकीकरण गर्ने कहीँ भनेको थिएन,’ भट्टराईले भने। 

उनले देशका पुराना पार्टीहरू भ्रष्टाचारमा डुबेको भन्दै सबै पुराना दल मक्कीसकेको र भ्रष्टाचारमा लिप्त भएको र जतिगरे पनि नसच्चिने आरोप लगाए। 

उनले भने, ‘पुराना शक्तिहरूलाई जतिसुकै हामीले दया माया गरेपनि यी सच्चिनेवाला छैनन्। त्यो भ्रममा नपरौं। अब झन् हुँदैन। यी शक्तिहरूका हड्डीसम्म मक्कीसकेको छ। यी भ्रष्टाचारका काण्डहरू हिम नदीको एउटा टुप्पो मात्र हो। भरियाहरू समातिएका छन्। तर नाइकेहरू समातिएका छैनन्। आलोपालो सत्तामा जान्छन्। जब जनताले भ्रष्टाचारको आवाज उठाउँछन्। अनि रोक्छु भनेजस्तो गरेर अरु प्रति औँला देखाउँछन्।’   

वैशाख १९, २०८१ बुधबार १४:२८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।