इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु

बुधबारे : इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ। देउमाई नगरपालिका घर भएका भ्यान चालक दिपेश राईको मृत्यु भएको हो।

घटनास्थलमा राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रकाश जवेगुले जानकारी दिए। दुर्घटनामा अर्का एकजना गंभीर घाइते भएका छन्।

घटनामा इलाम नगरपालिका ५ बस्ने वर्ष अन्दाजी २५/२६ का विश्वास राई घाइते भएका छन्। शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा उनलाई फेला पारिएको उनले बताए।

बेहोस भएको अवस्थामा घटनास्थलबाट उद्धार गरी उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोडतर्फ पठाइएको छ।

दुर्घटनाका बारेमा गाडीधनी इलाम नगरपालिका ५ बिव्ल्याटे बस्ने याम श्रेष्ठमार्फत मृतक र घाइतेका आफन्तहरूलाई जानकारी गराइएको छ। गाडी घटनास्थलमा नै रहेको डीएसपी जवेगुले बताए।

इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान अन्दाजी ५ बजेको समयमा झापाबाट ईलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान आफैँ अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर दाहिने साइड भिरबाट पल्टिई दुर्घटना हो।

१९ बैशाख, २०८१, ११:२६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।