चुनावअघि ओली आफैले इलामको विकासको जिम्मा लिए, चुनावपछि सुहाङलाई सुम्पिए

चुनावअघि ओली आफैले इलामको विकासको जिम्मा लिए, चुनावपछि सुहाङलाई सुम्पिए

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले इलामको विकास सुहाङ नेम्वाङलाई जिम्मा लगाएका छन्।  जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् ।

मंगलबार इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले अब इलामको विकासको जिम्मा नवनिर्वाचित इलाम २ का प्रतिनिधिसभा सदस्य सुहाङको भएको बताए। इलामको विकासमा आफू पनि सुहाङ सँगसँगै भएको उनको भनाइ छ। 

ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफू परिचित रहेको बताए।

इलामका मतदाताले सही उम्मेदवार छानेको बताउँदै सुहाङले राम्रो काम गर्ने ओलीको विश्वास छ। 

यसअघि चुनावको सम्मुखमा इलाम पुगेर मत माग्ने क्रममा ओलीले इलामको विकासको जिम्मा आफूले लिने बताएका थिए।

'इलामबाट सुहाङलाई जिताएर पठाउनुस्, विकासको जिम्मा म लिन्छु। एमालेले लिन्छ', ओलीले भनेका थिए। 

१८ बैशाख, २०८१, १७:३१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।