इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका नेम्वाङ विजयी

इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका नेम्वाङ विजयी

इलाम : इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन्।

शनिबार भएको उप-निर्वाचनको मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार नेम्वाङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतले पराजित गरेका हुन्।

नेम्बाङले २७ हजार ७७२ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन्।

अघिल्लो निर्वाचनमा इलाम-२ बाट सुहाङका बुवा सुवासचन्द्र नेम्बाङ विजयी भएका थिए। तर, उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा उप-निर्वाचन भएको हो।

उता बझाङ प्रदेशसभा क्षेत्र नं. १ मा पनि एमालेकै दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। यो उप-निर्वाचनमा एमालेले निर्वाचन भएका दुवै क्षेत्रमा जित निकालेको हो।

१८ बैशाख, २०८१, ०७:३६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।