लगानी सम्मेलनको पहिलो दिन : आर्टिफिसियल इन्टेलीजेन्स प्लेटफर्मसहित दुई सम्झौता

लगानी सम्मेलनको पहिलो दिन : आर्टिफिसियल इन्टेलीजेन्स प्लेटफर्मसहित दुई सम्झौता

काठमाडौँ : तेस्रो लगानी सम्मेलनको पहिलो दिन दुइवटा लगानी सम्झौतामा हस्ताक्षर भएको छ। काठमाडौँमा आइतबार सुरु भएको सम्मेलनमा नेपालमा विश्वस्तरको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलीजेन्स प्लेटफर्म निमार्णका लागि एमओयू सम्झौता भएको हो।

उक्त सम्झौतामा नेपालको बीएलसी ग्रुप र भारतको योटा डाटा सर्भिसेस इन्डियाबीच सम्झौता भएको हो। योटाका तर्फबाट सीईओ सुनिल गुप्ता र बीएलसीकी निर्देशक मेघा चौधरीले एमओयू सम्झौतामा हस्ताक्षर गरेका हुन्।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज मलेसियाका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरे।

१६ बैशाख, २०८१, १४:५७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।