एसीसी प्रिमियर कपमा नेपालको अपराजित यात्रा जारी, साउदीलाई ६ विकेटले हरायो

एसीसी प्रिमियर कपमा नेपालको अपराजित यात्रा जारी, साउदीलाई ६ विकेटले हरायो

काठमाडौँ : एसीसी प्रिमियर कप २०२४ मा अपराजित यात्रा कायम राख्दै नेपाल सेमिफाइनलमा पुगेको छ। बुधवार भएको खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले हराएसँगै समूह ए बाट सबै ४ खेल जितेर सेमिफाइनलमा पुगेको हो।

पिचमा पानी पस्दा २० बाट ८ ओभरमा झरेको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। साउदीले पहिलो ब्याटिङ गर्दै ७३ रन बनायो।

७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ रन बनाए। कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाए।

प्रारम्भमा नेपाली ब्याटर टिक्न सकेनन्। ओपनर कुशल भुर्तेल, आसिफ शेख र कुशल मल्ल २-२ रनमा आउट भएका थिए। गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गरेर खेल सम्हालेका थिए।

दीपेन्द्र ९ बलमा ३ चौकासहित १७ रन बनाएर आउट भए। साउदीका ईश्ताक अहमदले २, उस्मान नाजिव र वाजी उल हसनले १–१ विकेट लिएका थिए।

साउदीको तर्फबाट ब्याटिङ गर्दै ओपनर अब्दुल वाहिदले सर्वाधिक ३७ बनाएका थिए। अन्य कुनै पनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका करण केसीले २ विकेट लिए। अभिनाश बोहराले २ २ विकेट लिए। प्रतिश जी.सी र ललित राजवंशीले १–१ विकेट लिएका थिए।

५ बैशाख, २०८१, १६:२६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।