भाइरल हुन उत्सवको हर्कत, साथ दिँदै सेलिब्रिटी

भाइरल हुन उत्सवको हर्कत, साथ दिँदै सेलिब्रिटी

काठमाडौं : नेपालमा पछिल्लो समय चल्तीका सेलिब्रिटीले तस्बिरका कारण भक्कु गाली खाइरहेका छन्। उनीहरूलाई आफ्नै फ्यानले अपशब्द प्रयोग गरेर गाली गरिरहेका छन् सामाजिक सञ्जालमा। त्यसमा सहयोगी भएका छन् युट्युबर।

नेपाली फिल्मका अभिनेता अभिनेत्रीहरू युट्युबर भनेपछि मरिहत्ते गर्छन्। कुनै फिल्म या भिडियोको प्रचारका लागि चलेका युट्युबर खोज्छन्। यसलाई समान्य रूपमै लिनुपर्छ। तर, उनीहरूले युट्युबर र पत्रकारसँगको मर्यादा र दूरी कायम गर्न नसक्दा भने आलोचित बन्ने गरेका छन्।

एक हप्ताअघि ‘रमाइलो छ...’ युट्युब च्यानलमा अन्तरवार्ता दिन पुगेकी निर्देशक झरना थापासँग त्यसका सञ्चालक उत्सव रसाइलीले फोटो खिचाए। त्यसमध्ये एउटा फोटोमा उत्सवले झरनालाई चुम्बन गर्न खोजेका छन्।

त्यसमा झरनाले अप्ठ्यारो नमानेको जस्तो देखिन्छ। झरनाले नै सामान्य रूपमा लिएपछि उत्सवले पनि तस्बिर सामाजिक सञ्जालमा पोष्ट्याए। उक्त तस्बिर अहिले सञ्जालमा भाइरल छ।

त्यहि एउटा फोटो सामाजिक सञ्जालमा आएपछि ‘रमाइलो छ...’ का प्रस्तोता र निर्देशक थापालाई सामाजिक सञ्जालमा सुन्नै र पढ्नै नसकिने गरि गाली गरिएको छ। 

उत्सवको बानी अनि यौनिकता अधिकांश सेलिब्रिटीलाई थाहै छ। सम्बन्ध निकट र आत्मीय हुन नि सक्छ। तर, सबै दर्शकलाई थाहा नहुनसक्छ।

सेलिब्रिटीलाई छोएरै, अँगालो मारेरै खिचेका फोटो सामाजिक सञ्जालमा राख्दा उनीहरूको फ्यानहरु बिच्किने मात्रै होइन हेर्ने दृष्टिकोण पनि फरक पर्छ नै।

निर्देशक तथा कलाकार थापा मात्र होइन। यसअघि उत्सवले बोक्सीको घरको गीत रिलिज कार्यक्रममा अभिनेत्री रिमा विश्वकर्माको कम्मरमा हात लगाएका थिए। जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। 

यसमा पनि उत्सव आलोचित भएका थिए। यसै फिल्मकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीसँगको टिकटक भिडियो पनि भाइरल बनेकै हो।

अघिल्लो वर्ष उत्सवले अभिनेत्री पूजा शर्मासँगको स्वीमिङ पुलमा बनाएको भिडियोले त तहल्कै मच्चाएको थियो। उनीहरूबीच स्वीमिङको कुरालाई लिएर निकै चर्चा भयो। 

भाइरल हुने कन्टेन्ट क्रियट गर्न युट्युबरको शैलीको पनि सीमा त हुन्छ नै। तर यो मामिलामा उत्सवको व्यवहार कहिलेकाहीँ अति देखिन्छ। कार्यक्रममै असहज हुने व्यवहार गर्दा प्रकाश सपुतले ‘डन्ट टच मी’ नै भन्नुपरेको थियो।

यस्ता विषयमा ख्याल नगर्दा उत्सवले त गाली खाएकै छन्, कलाकार र युट्युबरले पनि ‘यी यस्तै त हुन्’ भन्ने परिचय पाउन थालेका छन्।

५ बैशाख, २०८१, ११:३३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।