आत्मकथा बेचेर पाँच करोड आम्दानी

आत्मकथा बेचेर पाँच करोड आम्दानी

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आत्मकथा बेचेर पाँच करोड रुपैयाँ आर्जन गरेको बताएका छन्।

गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक लिएर विभिन्न जिल्लामा बिक्रीका लागि पुगेका पुनले पछिल्लो १०० दिनमा ८४ हजार प्रति पुस्तक बिक्री भएको जानकारी गराएका हुन्।

उनले उक्त पुस्तकको बिक्रीबाट झन्डै पाँच करोड रुपैयाँ आर्जन गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्।

उनले आफ्नो आत्मकथाको किताब बेचेर प्राप्त रकमबाट तीन दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने बताउँदै आएका छन्।

विभिन्न २८ जिल्ला पुगेर पुस्तक बिक्री गरेका पुनको पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ।

५ बैशाख, २०८१, १०:४०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।