राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्ति भइसकेको अध्यक्ष लिङ्देनको दाबी

राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्ति भइसकेको अध्यक्ष लिङ्देनको दाबी

काठमाडौं : सरकारलाई ४० बुँदे माग राखेर विरोध प्रदर्शन गरेको राष्ट्रिष प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रूपमा स्थापित भएको दाबी गरेका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी अध्यक्ष लिङ्देनले यस्तो दाबी गरेका हुन्।

‘पार्टी र एजेण्डाको पक्षमा सकारात्मक सन्देश गएको छ,’ उनले भने, ‘राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रूपमा स्थापित भएको छ। प्रदर्शनमा सहभागी सम्पूर्णमा धन्यवाद।’

जनप्रदर्शनको समीक्षा गर्न बसेको बैठकले प्रदर्शनमा प्रशासनिक दमनबाट केही साथीहरू घाइते भए पनि समग्रमा प्रदर्शन सफल भएको निष्कर्ष निकालेको हो।

चैत ३०, २०८० शुक्रबार १४:०१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।