'सहकारीको विषय गृहमन्त्रीको मात्र होइन, ७३ लाख जनतासँग जोडिएको समस्या हो'

'सहकारीको विषय गृहमन्त्रीको मात्र होइन, ७३ लाख जनतासँग जोडिएको समस्या हो'

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सहकारीका कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताएका छन्। 

नेपाल विद्यार्थी सङ्घ गण्डकी प्रदेशले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सहकारी समस्याका कारण नेपालको अर्थतन्त्र सुस्ताएको बताए।

उनले सहकारीको विषय देशको आर्थिक प्रणालीसँग जोडिएको हुँदा कांग्रेसले संसद्मा सशक्त ढङ्गले उठाउन खोजेको दाबी गरे। 

'नेपालको अर्थतन्त्र सहकारीभित्रको अव्यवस्थितताले सुस्त भएको हो, नेपालको आर्थिक प्रणालीसँग जोडिएको विषयलाई कांग्रेसले संसद्मा सशक्त ढङ्गले उठाउन खोजेको हो', उनले भने, 'यो गृहमन्त्रीको विषय मात्र होइन, ७३ लाख जनतासँग जोडिएको समस्या हो।'

नेता पौडेलले विगतको समयमा जस्तो अहिले विद्यार्थी आन्दोलन सशक्त ढङ्गले अगाडि नबढेको भन्दै  विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दा र जनजीविकासँग जोड्नुपर्ने बताए। 

चैत २८, २०८० बुधबार २१:५०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।