उपनिर्वाचन इलाम -२ : डकेन्द्रसिंह थेगिमको चुनाव चिह्न 'मुढा', अरूले के पाए? (सूचीसहित)

उपनिर्वाचन इलाम -२ : डकेन्द्रसिंह थेगिमको चुनाव चिह्न 'मुढा', अरूले के पाए? (सूचीसहित)

काठमाडौं : आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका उमेदवारले चुनाव चिह्न पाएका छन्। निर्वाचन आयोगले मंगलबार उमेदवारहरूलाई चुनाव चिह्न वितरण गरेको हो।

राजनीतिक पार्टीका तर्फबाट उमेदवार बनेकालाई सोही दलको चुनाव चिह्न दिइएको छ भने स्वतन्त्र उमेदवारहरूलाई विभिन्न चिह्न दिइएको छ। 

आयोगले इलाम क्षेत्र नम्बर–२ मा उमेदवारको अन्तिम नामावली प्रकाशन गर्दै दलका तर्फबाट १२ र सात स्वतन्त्र उमेदवार कायम  रहेको जनाएको छ। 

तीमध्ये पहिचानवादीतर्फका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह लिम्बू ‘थेगिम’ले मुढा चुनाव चिह्न पाएका छन्। स्वतन्त्र उमेदवार अर्जुनबहादुर शाहीले डोजर, डाकप्रसाद गौतमले महिला, दिपेश बोहोराले सिरिन्ज, मनोज निरौलाले माछा चिह्न पाएका छन्।

उमेदवार योगेन्द्र गुरुङले कैँची, राज बस्यालले जुँगासहितको अनुहार चिह्न पाएकोे निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन चिह्नको सूची हेर्नुहोस् :

२७ चैत, २०८०, १९:०३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।