आइपीएल : राजस्थानको अपराजित यात्रा, विराट कोहलीको शतकका बाबजुद पनि हार्यो आरसीबी

आइपीएल : राजस्थानको अपराजित यात्रा, विराट कोहलीको शतकका बाबजुद पनि हार्यो आरसीबी

काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्स (आरआर) ले अपराजित यात्रा कायमै राखेको छ। 

शनिबार राति विराट कोहलीको शतकीय पारि खेलेपनि रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी)लाई जित निकाल्न पर्याप्त हुन सकेन।

बैंग्लुरुले पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर १८३ रन बनाएको थियो। जवाफमा राजस्थानका लागि जोस बटलरले शतकीय पारि खेल्दै अपराजित यात्रालाई कायमै राखे।

टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले उत्कृष्ट सुरुआत गरेको थियो।

पहिलो विकेटका लागि विराट कोहली र कप्तान फाफ डु प्लेसिसले १२५ रनको साझेदारी गरेका थिए। प्लेसिस ३३ बलमा ४४ रनको पारि खेलेर आउट हुँदा दुई चौका र दुई छक्का प्रहार गरे।

कोहलीले नटआउट ११३ रनको शतकीय पारि खेले। उनले ७२ बल फेस गर्दा चार छक्का र १२ चौका हिर्काए।

ग्लेन म्याक्सवेल १ रनमा आउट हुँदा सौरभ चौहान ९ रनमा पभेलियन फर्किए। क्यामरन ग्रिन ५ रनमा नट आउट रहेका थिए।

राजस्थानका युजवेन्द्र चहलले दुई तथा नान्द्रे बर्गरले एक विकेट लिए।

१८४ रनको लक्ष्यसहित मैदान उत्रिएको राजस्थानले सुरुआत भने खराब रह्यो।

खाता नै नखोल्दै यशश्वी जयसवाल पभेलियन फर्किए। त्यसपछि जोस बटलर र कप्तान सन्जुसामसन मिलेर टिमलाई अघि बढाए। यी दुई खेलाडीले १४८ रनको साझेदारी गर्दै जितको आधार तय गरे।

कप्तान सामसन ४२ बलमा ६९ रनको अधर्शतकीय पारि खेल्दै आउट भए। उनले २ छक्का र ८ चौका प्रहार गरे।

रियान पराग ८ तथा ध्रुव  जुरेल २ रनमा आउट भए पनि जोस बटलरले नटआउट १०० रनको शतकीय पारि खेल्दै जित दिलाए। उनले ५८ बलमा चार छक्का र नौं चौका प्रहार गरे। उनलाई अन्त्यमा सिमरन हटमायरले साथ दिए।

हटमायरले ६ बलमा २ चौका प्रहार गर्दै ११ रनको नटआउट पारि खेले।

आरसीबीका रिसे टोप्लेले २ विकेट लिए।

लगातार चार खेलमा जित निकालेको राजस्थान ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ।

दोस्रो स्थानमा कोलकाता नाइट राइडर्स ६ अंकसहित रहँदा पराजित भएको आरसीबी २ अंकका साथ आठौं स्थानमा छ। आरसीबीको यो लगातार तेस्रा हार हो।
 

चैत २५, २०८० आइतबार ०७:३२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।