गठबन्धन फेरबदलको प्रभाव : लगानी सम्मेलनका लागि अध्यादेशबाट कानुन संशोधनको तयारी

गठबन्धन फेरबदलको प्रभाव : लगानी सम्मेलनका लागि अध्यादेशबाट कानुन संशोधनको तयारी

काठमाडौं : संसदबाट नियमित रुपमा कानुनहरू संशोधन गर्न नभ्याउने देखिएपछि सरकारले अध्यादेश जारी गर्ने तयारी गरेको छ। लगानी सम्मेलनका लागि दर्जन बढि कानुन संशोधन गर्नुपर्ने देखाएसँगै सरकारले अध्यादेश जारी गर्ने तयारी गरेको जनाइएको छ। 

सरकारले वैशाख १६ र १७ मा लगानी सम्मेलनको तयारी गरेको छ। सम्मेलनको तयारीकै क्रममा गठबन्धन बदलिएसँगै अर्थमन्त्री, कानुन मन्त्री बदलिँदा कानुन संशोधनमा प्रभाव परेको थियो।

अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि भरसक संसदबाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाटै लगानी संकुचन गर्ने ठानिएका दर्जन कानून अध्यादेशमार्फत संशोधन गरिने बताए।

उनले एक कार्यक्रममा त्यसका लागि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम गरिने बताए।

'भरसक संसदबाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानून संशोधन गर्छौँ' उनले भने 'लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण बनाउँछौ।'

तेस्रो लगानी सम्मेलनमा आन्तरिक लगानीका लागि सरकारले व्यवसायीलाई प्रोत्साहन गर्ने मन्त्री पुनको भनाइ थियो। निराशालाई आशामा बदल्ने प्रतिबद्धतासहित विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ आफू १२ वर्षपछि मन्त्रालयमा आएको उनले बताए।

विदेशी मुद्राको संचिति बढेको, महंगी घटेको, बिप्रेशन आप्रवाह बढेकाले अर्थतन्त्रको बाह्य अवस्था सुदृढ भएको उनले बताए।

आफू जिम्मेवारीमा आएपछि ७० अर्ब बजारमा पठाएको, दायित्व भुक्तानी दिन सुरु गरिएको भन्दै बजार चलायमान हुने उनको विश्वास छ।

२४ चैत, २०८०, २१:२३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।