'प्रचण्डले जनतालाई धोका दिए, सांसद पदबाटै राजीनामा दिनुपर्छ'

'प्रचण्डले जनतालाई धोका दिए, सांसद पदबाटै राजीनामा दिनुपर्छ'

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुपर्ने बताएका छन्।

बिहीबार गोरखामा पत्रकारहरूसँग कुरा गर्दै उनले गोरखा–२ मा नेपाली कांग्रेसका कार्यकर्ताको मतको मद्दतमा चुनाव जितेर धोका दिनु राजनीतिक रुपले अनैतिक ठहर्ने भन्दै प्रचण्डले राजीनामा दिनुपर्ने बताएका हुन्।

‘प्रचण्डले जुन गठबन्धनबाट चुनाव लड्नुभयो त्यसलाई अर्काे निर्वाचनभन्दा पहिले छाड्नु राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुँदैन’, उनले भने, ‘उहाँले पूर्वगठबन्धनलाई परिवर्तन गर्ने हो भने जसको सहयोगमा निर्वाचन जित्नुभएको छ उनीहरुलाई धोका दिएको ठहर्छ। त्यस्तो स्थितिमा उहाँले जितेको निर्वाचन क्षेत्रबाट राजीनामा दिएर नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ।’

विगतमा पार्टीभित्र सत्तामुखी रहेका प्रचण्ड अहिले पनि राजनीति विचार र मुद्दाका लागि नभई विशुद्ध सत्ता स्वार्थको लागि रहेको उनको भनाइ छ।

‘विगतको मेरो उहाँसँगको सहकार्यले के देखाउँछ भने उहाँ असाध्यै पार्टीको सत्तामुखी अब राज्यको सत्तामुखी देखिन थाल्नुभयो। उहाँले के गर्नुहुन्छ भनेर पहिले अनुमान गर्न गाह्रो छ। आफ्नो सत्ता र शक्तिका लागि जे पनि गर्न सक्नुहुन्छ,’ भट्टराईले भने।

चैत २२, २०८० बिहीबार २१:३९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।