आइपिएल : लखनउसँग २१ रनले हार्यो पञ्जाब

आइपिएल : लखनउसँग २१ रनले हार्यो पञ्जाब

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्सविरूद्व लखनउ सुपर जायन्ट्स विजयी भएको छ।

गएराति लखनउमा भएको खेलमा घरेलु टिमले पञ्जाबमाथि २१ रनले जित निकालेको हो।

लखनउले प्रस्तुत गरेको २ सय रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७८ रन मात्र बनाउन सक्यो।

पञ्जाबका लागि कप्तान तथा ओपनर शिखर धवनले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा ७ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै, अर्का ओपन जोनी बेर्स्टोले ४२ रन बनाए।  

लियाम लिभिङस्टोनले २८ र प्रबसिमरन सिंहले १९ रन बनाए।

बलिङतर्फ मयंक यादवले ३ र मोशिन खानले २ विकेट लिए। टस जितेर ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा १९९ रन बनाएको थियो।

लखनउका लागि ओपनर क्वीन्टन डिककले ५४, कप्तान निकोलस पुरनले ४२,क्रुनल पाण्ड्याले ४३, मार्कस स्टोइनिसले १९ र केएल राहुलले १५ रन बनाए।

बलिङतर्फ पञ्जाबका शाम करणले ३,अर्शदिप सिंहले २ तथा कगिशो रबाडा र राहुल चाहरले १ विकेट लिए।

यो सिजनका लागि लखनउको पहिलो जीत हो भने ३ खेलमा पञ्जाबको यो दोस्रो हार हो।

चैत १८, २०८० आइतबार ०७:५७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।