एक महिलाको मोबाइलबाट भिडियो फेला पारेपछि 'ब्ल्याकमेल', अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ

एक महिलाको मोबाइलबाट भिडियो फेला पारेपछि 'ब्ल्याकमेल', अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ

काठमाडौं : एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा भनिने राजमती बम पक्राउ परेकी छन्।

प्रहरीले उनलाई आपराधिक लाभसम्बन्धी कसुरमा गए राति पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार एक जना महिलाले दिएको जाहेरीको आधारमा ओशो तपवन क्षेत्रबाट ध्यान गर्दागर्दै बमलाई पक्राउ गरिएको हो।

उनले जाहेरीकर्ता महिलाको मोबाइल अनधिकृत रूपमा चलाइ केही भिडियो र कागजात फेला पारेकी थिइन्। त्यसपछि उनले ती महिलासँग पैसाको बार्गेनिङ गरेको बताइएको छ।

प्रहरी वृत्त महाराजगञ्जले यस सम्बन्धी अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए।

१४ चैत, २०८०, १७:२८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।