बाल्टिमोर पुल दुर्घटना : बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान

बाल्टिमोर पुल दुर्घटना : बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान

बाल्टिमोर : अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर शहरमा जहाज ठोक्किएपछि भएको पुल दुर्घटनाको उद्धार कार्य अहिले रोकिएको छ।

अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन्।

दुर्घटना हुँदा सबैजना पुलको खाल्डो भर्ने काममा व्यस्त रहेको र जहाज पुलमा ठोक्किएपछि पानीमा खसेका थिए। उनीहरू सबै बेपत्ता छन् र अवस्था हेर्दा उनीहरु जिवितै नहुने अनुमान गरिएको छ।

अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले समय बित्दै जाँदा उद्धार कार्य झनै कठिन हुँदै गएको बताएका छन्। पानीको तापक्रम र तैरिरहेको भग्नावशेषका कारण उद्धार प्रक्रिया निकै चुनौतीपूर्ण भएको एक अधिकारीले बताए।

सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको थियो। स्थानीय समय अनुसार मंगलबार बिहान १:३० बजे भएको घटनामा पुलको ठुलो भाग भत्किएको हो।

१४ चैत, २०८०, ०८:४३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।