दुर्गा प्रसाईँको बिएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन सर्वोच्चको आदेश

दुर्गा प्रसाईँको बिएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले झापाको बिर्तामोडको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ।

सोमबार फैसला सुनाउँदै सर्वोच्चका न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो।

आदेशमा यदि अस्पतालले सम्बन्धनको प्रक्रिया पुर्याएको भए सम्बन्धन दिनु भनिएको छ। सरकाले सम्बन्धका लागि आशय पत्र दिए पनि चिकित्सा शिक्षा सुधारका लागि डा गोविन्द केसीले आन्दोलन सुरु गरेपछि सम्बन्धन रोकिएको थियो।

सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि अनुमति नदिएको भन्दै  कलेजको तर्फबाट प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए । लामो समयदेखि उनले दायर गरेको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोमा सुनुवाइ सकेर सोमबार फैसला आएको हो।

१२ चैत, २०८०, १६:३७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।