'कांग्रेस सरकारमा हुँदा कम्युनिष्ट भ्रष्टाचारी, कम्युनिष्ट हुँदा कांग्रेस भ्रष्टाचारी भए, पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन गरौं'

'कांग्रेस सरकारमा हुँदा कम्युनिष्ट भ्रष्टाचारी, कम्युनिष्ट हुँदा कांग्रेस भ्रष्टाचारी भए, पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन गरौं'

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस सरकारमा हुँदा कम्युनिष्ट भ्रष्टाचारी र कम्युनिष्ट सरकारमा हुँदा कांग्रेस भ्रष्टाचारी भएको भन्दै सबै पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक स्थिरताबिना देशमा सुशासन नहुने बताए। त्यसका लागि जनलोकपाल बनाएर सम्पत्ति छानबिनको आवश्यक रहेको बताए।

'पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गरौँ, जनलोकपाल बनाऔँ,' उनले भने, 'त्यसो गर्न सकेमात्रै भ्रष्टाचारको अन्त्य हुन्छ। आफू सत्तामा आउँदा आफ्नालाई ढाकछोप गर्ने नभएको बेला कराउने मात्रै हुन्छ।'

एक वर्षमा तीनचोटि सरकार परिवर्तन भएको उल्लेख गर्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने बताए।

'चुनावदेखि चुनावसम्मका लागि मात्रै होइन, जनताका समस्या समाधान गर्न सक्ने खालको पार्टी आवश्यक छ,' उनले भने, 'त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ।' 

 

चैत ७, २०८० बुधबार १६:५८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।