के छ पाँच दलीय गठबन्धनको न्यूनतम साझा संकल्पमा? (पूर्णपाठ)

के छ पाँच दलीय गठबन्धनको न्यूनतम साझा संकल्पमा? (पूर्णपाठ)

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ मंगलबार सार्वजनिक गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार कार्यक्रम आयोजना गर्दै गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो।

१३ बुँदे संकल्पमा भष्ट्राचारको छानबिन, सहकारी दर्ता बन्द र आर्थिक गतिविधि चलायमान बनाउने प्रतिबद्धता छन्। आम जनतामा भएको ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित  न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको नेताहरूले बताएका छन्।

नीति तथा कार्यक्रममा संविधानको मर्म र भावनाविपरीत राज्य सञ्चालनमा देखिएका विचलन रोकी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। 

सार्वजनिक कार्यक्रममा संघीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधारको क्षेत्रमा उदाहरणीय कार्य गर्ने उल्लेख छ। जसमा विविध १३ विषयमा न्यूनतम कार्यक्रम बुँदागत रुपमा उल्लेख गरिएको छ। 

संकल्पमा सरकारले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसंगतिमुक्त बनाउने, सार्वजनिक संरचना सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, काम-रोजगारी-उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई व्यवस्थित गर्ने, भौतिक पूर्वाधार विकास र अन्तर-निकाय समन्वयलाई प्रभावकारी तुल्याउने, ऊर्जा विकास एवं सूचना र सञ्चार नीतिगत व्यवस्था गर्ने उल्लेख छ। 

त्यसैगरी भूमि व्यवस्था, वन-वातावरण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन, युवा र खेलकुद, पर्यटन, संस्कृति तथा सामाजिक सद्भाव, महिला सहभागिता, सशक्तीकरण र सामाजिक समावेशीता, संक्रमणकालीन न्याय र दिगो शान्ति र राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिलगायत विषय समेटिएको छ।

संघीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधारको क्षेत्रमा पहिले संघीयता कार्यान्वयनका समस्या समाधान गर्ने, सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने, सुशासन प्रवर्द्धन गर्न, व्यवसायीक वातावरण निर्माणमा असहज र असान्दर्भिक नीति तथा कानुनमा परिमार्जन गरेर अगाडि बढ्ने बताइएको छ।  

गठबन्धनको संकल्प कार्यदलका संयोजक एमाले नेता विष्णु पौडेलले पाठ गरेर सुनाएका हुन्। 

यस्तो छ पूर्णपाठ :-

चैत ६, २०८० मंगलबार १९:३०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।