एकीकृत समाजवादी छोडेको भोलिपल्टै मन्त्री नियुक्त, शपथग्रहणमा आएनन् माओवादी र एमाले

एकीकृत समाजवादी छोडेको भोलिपल्टै मन्त्री नियुक्त, शपथग्रहणमा आएनन् माओवादी र एमाले

काठमाडौं : एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्री नियुक्त भए।

एकीकृत समाजवादी त्यागेको भोलिपल्टै उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरे।

मन्त्री गुरुङलाई आजै प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए। उनको शपथ ग्रहण कार्यक्रममा विपक्षी दलहरू एमाले र माओवादी केन्द्रका सांसदहरू सहभागी भएनन्।

माओवादी केन्द्रकी रेशम जुग्जालीको ठाउँमा गुरुङ मन्त्री नियुक्त भएका हुन्।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्विरोध सांसद बनेर एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसदको रुपमा बनाउन आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए।

चैत ५, २०८० सोमबार १७:११:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।