'शेरबहादुर, ओली र प्रचण्डजीलाई तपाईंहरू बाँड्नुहोस्, साना दललाई छाड्दिनुस् भन्दा मान्नुहुन्न'

'शेरबहादुर, ओली र प्रचण्डजीलाई तपाईंहरू बाँड्नुहोस्, साना दललाई छाड्दिनुस् भन्दा मान्नुहुन्न'

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तीन शीर्ष नेताहरूलाई मिलेर सरकार चलाउन आग्रह गरेका छन्।

प्रा. डा. एसडी मुनिद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर साझा एजेन्डा बनाएर अघि बढ्न आग्रह गरे।

ससाना दलहरूसँग मिल्ने-छुट्ने प्रवृत्तिले अस्थिरता भएको भन्दै तीन ठूला दलहरू मिलेर अघि बढ्नुपर्ने उनको तर्क छ।

उनले भने, ‘एक वर्षमा तीन पटक सरकार परिवर्तन भइसक्यो। यही ताल हो भने १२ चोटि सरकार परिवर्तन हुन्छ भन्ने चर्चा हुन थालिसक्यो। यसरी हुँदैन। मैले शेरबहादुर, ओली र हाम्रो प्रचण्डजीलाई यसरी हुँदैन तपाईंहरु बाँड्नुस् बरू एक दुई वर्ष कसरी हुन्छ बाँड्नुहोस् साना दललाई छाड्दिनुस् र तपाईंहरु साझा एजेन्डामा अगाडि बढ्नुस् भन्दा मान्नुहुन्न। अनि यही खेल खेलिराख्नुहुन्छ।’

चैत ३, २०८० शनिबार १८:१२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।