सुरू भयो रमजान महिना

सुरू भयो रमजान महिना

एजेन्सी : साउदी अरेबियाले सोमबारदेखि रमजान महिना सुरू हुने जनाएको छ।

चन्द्रमा देखिएको दोस्रो दिनदेखि रमजानको महिना सुरू हुन्छ। यसपटक साउदी अरेबियामा आइतबार चन्द्रमा देखिएको बताइएको छ।

भारतीय उपमहाद्वीपमा पनि साउदी अरेबियाको घोषणा अनुसार रमजान महिना सुरू हुन्छ।

इस्लाम धर्ममा रमजानलाई पवित्र महिना मानिन्छ र यस अवधिमा इस्लाम धर्मावलम्बीहरू व्रत बस्छन्। उपवास इस्लामको पाँच प्रमुख धार्मिक स्तम्भहरू मध्ये एक हो। बाँकी चार क्रमशः एक ईश्वर, नमाज, जकात र हज मा विश्वास छ।

इस्लामिक विज्ञहरूका अनुसार हिजरी दोस्रो वर्षको रमजान महिनामा उपवास बस्नु मुस्लिमहरूको धार्मिक ग्रन्थ कुरानले फरद वा अनिवार्य गरेको थियो।

२८ फागुन, २०८०, १५:२५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।