छुट्टीमा घर गएको बेला भारतीय सेनाका अधिकारीको अपहरण

छुट्टीमा घर गएको बेला भारतीय सेनाका अधिकारीको अपहरण
तस्बिर- एएनआई

एजेन्सी : मणिपुरको थौबल जिल्लामा भारतीय सेनाका एक कनिष्ठ कमिसन्ड अफिसरलाई उनको घरबाट अपहरण गरेको घटना सार्वजनिक भएको छ।

अपहरणको यो घटना शुक्रबार बिहान करिब ९ बजेको हो।

घटनाको पुष्टि गर्दै कोहिमामा तैनाथ भारतीय सेनाका जनसम्पर्क अधिकृत लेफ्टिनेन्ट कर्णेल अमित शुक्लाले भने, ‘अपहरणमा परेका अधिकारीको उद्धारका लागि उक्त क्षेत्रमा अभियान चलाइएको छ।’

अपहरणमा परेका जेसीओ कोन्सम खेडा सिंह रहेको र उनी घाटी जिल्लाको ठौबलका बासिन्दा हुन्। हाल बिदामा घर आएका उनी शुक्रबार बिहान करिब ९ बजे निवासबाट अपहरणमा परेका थिए।

यो अपहरणको कारण भने खुल्न सकेको छैन। अपहरणमा परेका अधिकारीको उद्धारका लागि अहिले सुरक्षा निकायले समन्वयात्मक खोजी कार्यमा जुटेका छन् भने राष्ट्रिय राजमार्ग र आसपासका सबै सवारी साधनको चेकजाँच भइरहेको छ।

२६ फागुन, २०८०, ०७:१५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।