नेपाल आइडलको सिजन ५ आजदेखि प्रशारण हुँदै, पहिलो एपिसोड बिर्तामोड अडिसन

नेपाल आइडलको सिजन ५ आजदेखि प्रशारण हुँदै, पहिलो एपिसोड बिर्तामोड अडिसन

काठमाडौं : गायन रियालिटी शो नेपाल आइडलको पाँचौ सँस्करण आजबाट सुरू हुँदैछ। साँझ ८ः३० बजे एपीवान टेलिभिजनबाट प्रसारण सुरू हुन लागेको हो।

सात प्रदेशका आठ सहरमा अडिसन भएको नेपाल आइडलको पहिलो एपिसोडको प्रसारण झापाको बिर्तामोडबाट सुरू गर्न लागिएको आइडलका निर्देशक सुरेश पौडेलले बताए।

निर्देशक पौडेल अघिल्लो सिजन भन्दा उत्कृष्ट कलाकार यसपटकको अडिसनबाट प्राप्त हुनेमा विश्वस्त रहेको बताउँछन्।

उनले भने, ‘यो सिजनले दर्शकलाई भरपूर मनोरञ्जन दिने र नेपाली संगीत क्षेत्रका लागि असाध्यै प्रतिभावान गायक-गायिका खोजी गर्नेछ भन्नेमा म विश्वस्त रहेको छु।’

नेपाल आइडलको जजका रुपमा न्य्हू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन् रहेका छन् भने कार्यक्रमलाई आशिफ शाह र रीमा विश्वकर्माले सञ्चालन गर्दैछन्।

नेपाल आइडलका जज मध्येका एक न्य्हू बज्राचार्यले अघिल्ला सिजनमा भन्दा यो पटक राम्रा र सक्षम सिङ्गरहरू अडिसनमा आएको दाबी गरे।

कार्यक्रम हरेक शुक्रबार र शनिबार साँझ ८ः३० देखि १० बजे सम्म एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ।

फागुन २५, २०८० शुक्रबार १७:५१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।