‘खेल र खेलाडीको साथमै छौं’

‘खेल र खेलाडीको साथमै छौं’

काठमाडौं : एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको बताएको छ।

एनसेलले क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई पनि सहयोग गर्दै आएको जनाएको छ।

एनसेल ‘त्रिदेशीय टी-२० आई सिरिज २०२४’ बाहेक हालै भएको आइसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय सिरिजमा एनसेल ‘कनेक्टेड बाई’ साझेदारका रूपमा आबद्ध भएको थियो। एनसेल ‘हाम्रो साथ नेपाली फुटबललाई’ भन्ने थिममा आधारित भई एनसेलले ‘वीरगन्ज गोल्ड कप’ र ‘झापा गोल्डकप’ लगायतका फुटबल खेलमा आबद्ध भएको थियो।

त्यस्तै, ‘हामी तपाईँकै लागि’ भन्ने थिममा आधारित भई एनसेलले राष्ट्रिय पारालम्पिक समिति (एनपीसी) नेपालसँगको सहकार्यमा नेपाल पारालम्पिक टोलीलाई साथ र सहयोग प्रदान गर्दै आएको छ।

एनसेलका अनुसार चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमै पहिलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गर्दै एनसेलले एक लाख रूपैयाँ नगद पुरस्कारलगायत विभिन्न खेल र खेलाडीलाई साथ दिँदै आएको छ।

२४ फागुन, २०८०, १५:४१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।