प्रचण्डको नयाँ टिममा मधेस र ब्राम्हणको बाहुल्यता : महिला चार, दलित शुन्य

प्रचण्डको नयाँ टिममा मधेस र ब्राम्हणको बाहुल्यता : महिला चार, दलित शुन्य

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समीकरण बदलेसँगै बनेको नयाँ मन्त्रिपरिषदमा चार जना महिला मन्त्री भएका छन्। मधेस र जनजाति समूहको समेत राम्रो प्रतिनिधित्व भएको मन्त्रिपरिषदमा दलित समुदायको प्रतिनिधित्व भने शुन्य भयो।

बुधवार उनले तीन उपप्रधानमन्त्रीसहित १९ जनाको कार्य विभाजन गरे। एमालेबाट प्रधानमन्त्रीपछिको बरियताक्रम सहित रघुवीर महासेठ उपप्रधान तथा भौतिक मन्त्री भए। तेस्रो बरियताक्रम सहित माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री भए। चौथो बरियतामा रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएका छन्। 

पदम गिरी कानुन न्याय तथा संसदीय, रक्षामा हरि उप्रेती, महिला बालबालिकामा भगवती चौधरी,खानेपानीमा राजेन्द्र राई, उद्योगमा दामोदर भण्डारी, कृषिमा ज्वालाकुमारी साह र भूमि व्यवस्थामा बलराम अधिकारीलाई तोकियो। 

माओवादीबाट अर्थमा वर्षमान पुन, ऊर्जामा शक्ति बस्नेत, सञ्चारमा रेखा शर्मा र विना विभागीय शपथ लिएका हितबहादुर तामाङको भागमा पर्यटन मन्त्रालय परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रममा डिपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठको चयन भएको छ।

एकीकृत समाजवादीबाट भानुभक्त जाेशी, संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा, सहरी विकास मन्त्री भएका छन्। मधेस प्रदेश सरकारको नेतृत्व धरमर भएपछि जनता समाजवादी पार्टी तत्काल सरकारमा सहभागी भएन। संविधान अनुसार बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन हुनसक्छ।

बुधवारको सत्ता खेल

फागुन २३, २०८० बुधबार १८:०२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।