सुशासन नयाँ समीकरणको चुनौती : नारायणकाजी

सुशासन नयाँ समीकरणको चुनौती : नारायणकाजी

काठमाडौँ : माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय कायम गर्नु नयाँ राजनीतिक समीकरणको चुनौती भएको बताएका छन्।

बुधवार गृह मन्त्रालयको बिदाइ कार्यक्रममा बोल्दै उनले विगतको समीकरण फलदायी नभएको भन्दै नयाँ समीकरणबाट जनताको चाहना पूरा गर्नुपर्ने बताए। उनी नयाँ समीकरणबाट परराष्ट्रमन्त्री हुँदैछन्।

‘नयाँ समीकरणको औचित्य पुष्टि गर्न सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूलमन्त्र बनाइएको थियो। तीव्र र सकारात्मक हस्तक्षेपलाई गुणात्मक तहमा पुर्याउन खोजिएको थियो, त्यो सकिएन। नयाँ समीकरणले त्यो कुरा पुष्टि गर्न सक्नुपर्ने चुनौती थपिएको छ’ उनले भने।

जनतामा निराशाको वातावरण भइरहेको र समाजमा अराजकता फैलिएको भन्दै यसलाई रोक्न सुशासन पहिलो सर्त बनेको उनले बताए।

फागुन २३, २०८० बुधबार १५:४५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।