थपिएका मन्त्रीहरूको शपथ साँझ पाँच बजे

थपिएका मन्त्रीहरूको शपथ साँझ पाँच बजे

काठमाडौं : मन्त्रिपरिषद्मा थपिएका नयाँ मन्त्रीहरूको सपथ साँझ ५ बजे हुने भएको छ।

बुधबार गठबन्धनका दलहरूले मन्त्रालयको भागबण्डा टुङ्ग्याएसँगै आजै सपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

गठबन्धनको सहमति अनुसार मन्त्रिपरिषद्मा एमालेले उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय पाउने भएको छ।

यस्तै, माओवादी केन्द्रले पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित चार तथा जसपा र एकीकृत समाजवादीले दुई-दुई मन्त्रालय पाउने सहमति भएको छ।

एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा जान लाग्दा रास्वपा रवि लामिछाने र जसपा उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जान लागेको हो।

फागुन २३, २०८० बुधबार १४:२१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।