नयाँ सत्ता समीकरणमा रास्वपाले चार मन्त्रालय पाउने, टुङ्गियो मन्त्रीको नाम

नयाँ सत्ता समीकरणमा रास्वपाले चार मन्त्रालय पाउने, टुङ्गियो मन्त्रीको नाम

काठमाडौं : नयाँ सत्ता समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाउने भएको छ। बालुवाटारमा बसेको सीट तथा मन्त्रालय बाँडफाँट लगायत आन्तरिक व्यवस्थापन मिलाउन गठित चार सदस्यीय कार्यदलले यस्तो रास्वपाले पाउने मन्त्रालय टुङ्ग्याएको हो।

बैठकका अनुसार रास्वपाले उपप्रधानमन्त्रीसहित गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाउने भएको हो।

मन्त्रालय टुंग्याउने कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन्।

रास्वपाबाट सभापतिसमेत रहेका लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेर सरकारमा जाँदैछन्। उता श्रम मन्त्रालय डिपी अर्याल, शिक्षा मन्त्रालय सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रालय विराजभक्त श्रेष्ठले सम्हाल्नेछन्।

फागुन २३, २०८० बुधबार १४:०४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।