माधव नेपाललाई फकाउन घरमै पुगे ओली र प्रचण्ड

माधव नेपाललाई फकाउन घरमै पुगे ओली र प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।

उनीहरू बालुवाटारमा जारी गठबन्धन बैठकको बीचमै अध्यक्ष नेपाललाई भेट्न कोटेश्वरस्थित निवास नै पुगेका हुन्।

साथमा एमाले नेता विष्णु पौडेल पनि छन्। सोमबार साँझ मात्र प्रधानमन्त्री प्रचण्ड नारायणकाजी श्रेष्ठलाई लिएर नेपाललाई भेट्न पुगेका थिए।

यो पनि : माधवप्रति प्रचण्ड प्रेम : बिरामी माधवलाई भेट्न घरमै पुगे, सरकारमा आउन प्रस्ताव गरेर फर्किए

नयाँ बनेको सत्ता गठबन्धनले अरू दलहरूलाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेको छ। त्यसै क्रममा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन ओली र प्रचण्ड त्यहाँ पुगेको बताइएको छ।

नयाँ सत्ता समीकरण बनेसँगै एकीकृत समाजवादीले 'पर्ख र हेर'को नीति लिएको छ। उसले तत्काल सरकारमा सहभागी हुन तत्परता देखाइरहेको छैन।

फागुन २२, २०८० मंगलबार १९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।