नयाँ गठबन्धनमा जान सीके र उपेन्द्रको बटमलाइन : मधेशको मुख्यमन्त्री

नयाँ गठबन्धनमा जान सीके र उपेन्द्रको बटमलाइन : मधेशको मुख्यमन्त्री

काठमाडौं : केन्द्रीय सत्ता गठबन्धन बद्लिएसँगै त्यसको प्रभाव प्रदेश सरकारहरूमा रहँदा मधेशको समस्या देखिने भएको छ।

नयाँ गठबन्धनमा सहभागी हुन मधेश केन्द्रित दलद्वय जनमत पार्टी र जनता समाजवादी पार्टीले मधेश सरकारको मूख्यमन्त्रीको बटमलाइन राखेपछि समस्या उत्पन्न भएको हो।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेपछि जनमत पार्टीको सचिवालय बैठक बसेको थियो। बैठकमा जनमतले संघीय सरकारमा राम्रो मन्त्रालयसहित मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको सचिव वीपी साहले जानकारी दिए।

यता, जसपाले पनि मधेश सरकारको नेतृत्व निरन्तर पाउने सुनिश्चित नभएसम्म पार्टी सरकारमा नजाने अडान लिएको छ।

अहिले मधेश सरकारमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन्।

अब गठबन्धन फेरिए पनि जसपाले मधेश सरकारको नेतृत्वको निरन्तरताको अडान लिएका छन्। त्यसबारे अध्यक्ष उपेन्द्र यादवको बालुवाटारमा छलफलमा पनि यही शर्त राखेका थिए।

नयाँ समीकरण बनेपछि आज एमाले, माओवादी र रास्वपाबाट एक-एक जना मन्त्रीले शप लिँदैछन्। तर, जसपाले आज मन्त्री पठाएको छैन।

नयाँ गठबन्धनमा भागबन्डा मिलाउन अध्यक्ष यादव सम्मिलित ४ सदस्यीय कार्यदलसमेत बनाएको छ। त्यसले संघदेखि प्रदेशसम्मको सबै भागबन्डा गृहकार्य गर्ने जनाइएको छ।

फागुन २१, २०८० सोमबार १५:५०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।