यी तीन जनाले लिँदैछन् बिना विभागीय मन्त्रीको सपथ

यी तीन जनाले लिँदैछन् बिना विभागीय मन्त्रीको सपथ

काठमाडौं : नयाँ सत्ता गठबन्धनबाट तीन मन्त्रीले शपथ लिने भएका छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल (डीपी)ले शपथ लिने भएका हुन्।

यी तीन जनाले आज अपरान्ह ५ बजे राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथ लिने भएका छन्।

स्रोतका अनुसार तीनै जना विना विभागीय मन्त्री बन्न लागेका हुन्।

फागुन २१, २०८० सोमबार १४:३८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।