बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक बसिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग सहकार्य थाल्ने निर्णय गरेपछि बालुवाटारमा बैठक बसेको हो।

बैठकमा माओवादीबाट प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेबाट ओलीसहित उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल र रास्वपाबाट सभापति लामिछाने सहभागी छन्।

गठबन्धनमा फेरबदलसँगै आजै सानो आकारमा मन्त्रीमण्डल पुनर्गठनको तयारी गरिएको छ।

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दैछन् भने रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी लिएर सरकारमा जाँदैछन्।

नयाँ गठबन्धनसँग जनमत र नागरिक उन्मुक्ति पार्टी पनि संवादमा छन् भने माओवादीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि समेट्ने निर्णय गरेको छ।

फागुन २१, २०८० सोमबार ११:२५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।