तीन विषयको ठोस सम्बोधन नभए राप्रपा टुलुटुलु हेरेर बसिरहँदैन : राजेन्द्र लिङ्देन

तीन विषयको ठोस सम्बोधन नभए राप्रपा टुलुटुलु हेरेर बसिरहँदैन : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी बैठकबाट संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका लिङ्देनले सरकारले तीन विषयमा ठोस सम्बोधन नगरे आगामी बैकबाट पार्टीले संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको हो।

‘मिटरब्याज पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक किसानहरूको पीडामाथि जसरी सरकारले अनदेखा गरेर बसेको छ, हामी यसरी आवाज उठाएर मात्रै टुलुटुलु हेरेर बस्न सक्दैनौं,’ उनले भने, ‘म लामो कुरा भन्दिन, सरकारले यो तीनवटा विषयमा आउने बैठकमा ठोस सम्बोधन गरेन भने आउने बैठकबाट राप्रपाले संसद अवरुद्ध गर्छ।’

संख्यामा कम भएका कारण आफूहरुलाई सदनबाट निकालिन्छ भने संसदबाट निस्कन तयार रहेको भन्दै उनले यी तीन विषयमा राप्रपा संसद र सडक दुवैतर्फ उभिने चेतवानीसमेत दिए। गणतन्त्रको १५ वर्षमा देशमा कुन तहको न्याय व्यवस्था छ भन्ने कुरा अहिले सडकमा देखिएको समेत टिप्पणी गरे।

फागुन १४, २०८० सोमबार १२:२३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।