बचतकर्ताको रकम दुरुपयोगको आरोपमा कान्तिपुर सहकारीका अध्यक्ष पक्राउ
काठमाडौँ : सहकारीको बचतकर्ताहरूको रकम दुरुपयोग गरेको आरोपमा कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ परेका छन्।
सहकारीका बचतकर्ताहरूको उजुरीको आधारमा प्रहरी वृत्त बानेश्वरले उनलाई सहकारी ठगीमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँको अनुमतिमा पक्राउ गरेको हो।
कान्तिपुर सहकारीका सञ्चालकहरूले बचतकर्ताहरूको ६ अर्ब बढी रुपैयाँ दुरुपयोग गरेर व्यक्तिगत लाभमा प्रयोग गरेको आरोप लाग्दै आएको छ।
ठकुरीले सहकारीमा रहेको बचतकर्ताहरूको रकम अनियमित रूपमा निकालेर व्यक्तिगत प्रयोजनमा रिसोर्ट लगायतका क्षेत्रमा लगानी गरेका थिए।
सहकारीका पूर्व अध्यक्ष सीबी लामा तामाङ, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालक जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र देवराज पराजुलीमाथि समेत बचतकर्ताको रकम दुरुपयोगको आरोप छ।
यस अगाडि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कान्तिपुर सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो।
फागुन ८, २०८० मंगलबार १६:५३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।