अन्तिम समयमा नेपाल टेलिकमको सेयर मूल्य बढेसँगै १४.५७ अंकले बढ्यो नेप्से

अन्तिम समयमा नेपाल टेलिकमको सेयर मूल्य बढेसँगै १४.५७ अंकले बढ्यो नेप्से

काठमाडौँ : साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।

कारोबार अवधिको अधिकांश समय करिब स्थिर रहेको नेप्से अन्तिम समयमा नेपाल टेलिकमको सेयर मूल्य बढेसँगै बढेको हो।

नेप्से सोमबार १४.५७ अंकले बढेर २ हजार ७६ दशमलव २७ विन्दु कायम भएको छ। आइतबार नेप्से परिसूचक ५.३१ अंकले घटेको थियो।

सोमबार कारोबार रकम भने घटेको छ। यस् दिन कारोबार रकम २ अर्ब ४३ करोड ८ लाख बढीको कारोबार भएको हो। आइतबार कारोबार रकम ३ अर्ब २१ करोड ६७ लाख बढीको कारोबार भएको थियो।

सोमबार कारोबारमा आएको २४७ कम्पनीमध्ये १ सय ४८ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ।

१३ कम्पनीको सेयर मूल्य स्थिर छ।

यस् दिन नेपाल टेलिकमको कारोबार १० प्रतिशतले बढेको छ। पिपुल्स पावर कम्पनी, समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः १० प्रतिशत र ९.९९ प्रतिशतले बढेको छ।

सोमबार सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय कम्पनीको सेयर मूल्य ६.७८ प्रतिशतले घटेको छ।

त्यस्तै, विशाल बजार कम्पनी, चन्द्रागिरि हिल्सको क्रमशः ५.३६ र ३.८३ प्रतिशतले घटेको हो।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १८ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, यसदिन ङादी ग्रुप पावरको करिब साढे १५ करोडको सेयर कारोबार भएको छ।

माघ २२, २०८० सोमबार १६:१६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।