नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट, कारोबार रकम ३ अर्ब ८९ करोडमा सीमित
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज दोहोरो अंकको गिरावट आएको छ।
कारोबारको सुरू चरणमा निरन्तर उकालो लागेर २ हजार १ सय २० को विन्दुमा पुगेको नेप्से परिसूचक त्यसपछि भने ओरालो लागेको थियो।
आज नेप्से १०.२५ अंक घटेर २ हजार ८८.०४ विन्दुमा बन्द भयो। अघिल्लो दिन पनि नेप्से ०.४० अंकले घटेर २ हजार ९८.२९ विन्दु कायम भएको थियो।
गत बिहीबारबाट निरन्तर घटेको कारोबार रकमले आज पनि निरन्तरता पाएको छ।
अघिल्लो दिन कुल ४ अर्ब २९ करोड ४५ लाख रूपैयाँ बढीको कारोबार भएमा आज कुल ३ अर्ब ८९ करोड ७० लाख रूपैयाँ बढीको कारोबार भएको छ। गत साता बिहीबार ८ अर्ब कारोबार भएको बजारमा आइतबार ७ अर्ब ६४ करोड र सोमबार ६ अर्ब २८ करोडको कारोबार भएको थियो।
आज कारोबारमा आएका अधिकांश समूहको सेयर मूल्य ओरालो लागेको छ।
बैंकिङ समूह ०.०९ र म्युचुअल फन्डमा ०.१४ प्रतिशतको वृद्धिबाहेक अन्य सबै समूहको सेयर मूल्य घटेको छ। मूल्य घट्नेमा सबैभन्दा बढी इन्भेस्टमेन्ट समूहको १.६५ र जलविद्युत् समूहको १.२७ प्रतिशत रहेको छ।
आज कारोबारमा आएका ८० कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५३ कम्पनीको सेयर मूल्य घटेको छ।
यस्तै, १४ कम्पनीको सेयर मूल्य स्थिर छ।
आज चन्द्रागिरि हिल्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा तेह्रथुम पावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
माघ १०, २०८० बुधबार १६:४३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।