पुराना मात्र होइन नयाँ कलाकार पनि चिन्दिनन् अभिनेत्री उपासना

पुराना मात्र होइन नयाँ कलाकार पनि चिन्दिनन् अभिनेत्री उपासना

 

काठमाडौं : नेपालमा कतिपय कलाकारहरूलाई आफ्नो क्षेत्रको मान्छे चिन्न कठिन हुन्छ। नयाँ पुस्ताका कलाकारले पुराना पुस्तालाई नचिन्नु त नौलो कुरा पनि होइन।

तर, अहिलेकै पुस्तालाई समेत नचिन्दा अभिनेत्री उपासनासिंह ठकुरी ट्रोल बनेकी छन्।

शनिबार प्रकाश सुवेदीको शोमा अतिथिका रुपमा पुगेकी उपासनालाई नेपालका पुराना तथा नयाँ कलाकारको फोटो राखेर को हो भनेर प्रश्न गरिन्छ। उपसनाले देखेको तर नाम याद नभएको बताउँछिन्।

उक्त टेलिभिजन कार्यक्रममा उनलाई कलाकारहरू विपना थापा, शर्मिला मल्ल, अरुणिमा लम्साल, निर्मल शर्मा, शिवहरी पौडेल, जीवन लुइँटेल, भुवन चन्द, रमित ढुंगाना, बसुन्धरा भुसाल, विजय लामा, जल शाहको फोटो कार्यक्रम प्रस्तोता सुेवेदीले देखाए।

तर, उपसनाले अभिनेत्री निरुता सिंह बाहेक कसैलाई पनि चिनिनन्। नचिनेपछि अहिले उनी सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेकी हुन्।

कसैले कसैलाई नचिन्दा उनलाई कलाकारहरूले नै ट्रोल बनाइरहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ।

फिल्म ‘क्याप्टेन’मार्फत नेपाली फिल्ममा डेब्यु गरेकी उनले कार्यक्रममा धेरै कलाकार नचिनेको स्विकार गर्दै आफूलाई गाली नगरी दिन समेत दर्शकलाई आग्रह गरेकी छन्।

माघ ७, २०८० आइतबार १०:३२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।