सन्तोष सेनको ‘बलिदान’मा सुजनको टिमले गीत गाउने

सन्तोष सेनको ‘बलिदान’मा सुजनको टिमले गीत गाउने

 

काठमाडौं : युवापुस्ता माझ चर्चामा रहेका गायक सुजन चापागाईंले निर्माता तथा निर्देशक सन्तोष सेनको फिल्म ‘बलिदान’मा सहकार्यमा गर्ने भएका छन्।

बिहीबार निर्माता सेनले गायक चापागाईंको टिमलाई अनुबन्ध गरेको जानकारी दिए।


सुजनको साङ्गीतिक संस्था आर्टमान्डु टिमका सदस्यद्वय गीतकार हर्क साउद र निर्देशक नवीन चौहान पनि फिल्म बलिदानमा जोडिएका छन्। 


‘तीन पाते, फूलथुंगे रानी, लजाए, गाला पुक्क, घुमी घुमी मिलेको जीउ छिनेको कम्मर, बाफ’ लगायतका सुजनका दर्जन गीत स्रोतामाझ लोकप्रिय छन्। 


सन्तोषको मेघा प्रोजेक्ट भनिएको फिल्म ‘बलिदान’को टिजर छांयाकन अगावै रिलिज भइसकेको छ। तर, फिल्मको छायांकनको अहिलेसम्म टुङ्गो लागेको छैन।

आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथालाई समावेश गरिने निर्देशक सेनले बताए।

यस अघि सन्तोष सेनको निर्देशनमा बनेको फिल्म ‘प्रेम गीत गीत ३’ हिन्दी तथा नेपाली भाषामा रिलिज गरेका थिए। 

माघ ५, २०८० शुक्रबार १२:३३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।