७ अंकले घट्यो नेप्से, कारोबार रकम भने ८ अर्ब माथि

७ अंकले घट्यो नेप्से, कारोबार रकम भने ८ अर्ब माथि

काठमाडौं : साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.२४ अंकले घटेर २ हजार १ सय ५५ दशमलव ८२ को बिन्दुमा बन्द भएको हो।

आज २ सय ४७ कम्पनी कारोबारमा आएका थिए। जसमा ११२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटा कम्पनीको सेयरमा गिरावट आएको छ।

त्यस्तै, २ वटा कम्पनीको सेयर मूल्य यथावत् छ।

आज २ करोड ११ लाख २५ हजार ७ सय ७६ कित्ता सेयर ३० लाख ४ हजार २३ पटक खरिद बिक्री हुँदा कुल ८ अर्ब १७ करोड ४९ लाख रूपैयाँ बढीको कारोबार भएको छ।

कारोबार रकमको आधारमा आज हिमालयन इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको कुल ३० लाख ४४ हजार ७ सय २ कित्ता सेयर ६ सय ५३ रूपैयाँ सम्ममा १ लाख ५४ हजार ११ पटक खरिद बिक्री हुँदा कुल १ अर्ब ८४ करोड ४२ लाख रूपैयाँ बढीको कारोबार भएको हो।

यस्तै, आज घटेको सेयर बजारमा ४ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।

यस दिन रिडी हाइड्रोपावर, सिनर्जी हाइड्रोपावर, माहुली लघुवित्त र गणपति लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

तेह्रथुम पावर कम्पनीको ९.४३ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ७.३० प्रतिशत, थ्रि स्टार हाइड्रोपावर कम्पनीको ७.१९ प्रतिशत र प्रभु स्मार्ट फन्डको ६.९३ प्रतिशतले सेयर मूल्य घटेको छ।

माघ ४, २०८० बिहीबार १६:४२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।