‘महाजात्रा’को ‘आहा क्या राम्रो’ गीतमा विपिन कार्कीदेखि वर्षा राउत सम्मकोको ठुम्का

‘महाजात्रा’को ‘आहा क्या राम्रो’ गीतमा विपिन कार्कीदेखि वर्षा राउत सम्मकोको ठुम्का

काठमाडौं : चैत ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘महाजात्रा’ को पहिलो गीत रिलिज गरिएको छ।

निर्माण टिमले आज माघे सङ्क्रान्तिको अवसर पारेर प्रमोशनल गीत ‘आहा क्या राम्रो’ युट्युबमार्फत रिलिज गरेको हो।

गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ भने शब्द एक नारायण भण्डारीको छ। गीतमा संगीत गायक अविरलकै छ।

भिडियोमा फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झाका अलावा अतिथि कलाकारहरू आश्मा विश्वकर्मा र अरुण क्षेत्रीले नृत्य गरेका छन्। भिडियोमा नाचेका आश्मा, अरुण, वर्षा बाहेक अरूको गतिलो नाच लाग्दैन।

उनीहरू यो गीतको भिडियोमा भए पनि नभए पनि खासै फरक नपर्ने खाल्को देखिन्छ। तर, उनीहरूलाई नृत्य निर्देशक कविराज गहतराजले नचाउने कोसिस गरेका छन्। जबर्जस्ती नचाएको भिडियोमा देखिन्छ।

भिडियो हेर्दा विपिन, रविन्द्र र रविन्द्र झाले नाचमा मेहनत गर्नुपर्ने देखिन्छ। भिडियोमा कोरस बाक्लै राखिएको छ। जुन भिडियोलाई आकर्षण बनाउन सहयोग पुगेको छ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेका छन्। फिल्ममा विपिन, वर्षा, रविन्द्र सिंह, रविन्द्र झाका अलावा हरिवंश आचार्य, राजाराम पौडेल, अर्जुन जंग शाही, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, गौमाया गुरुङ, दिव्य देव, राजनी गुरुङ, सुमन कार्की, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय छ।

म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलको लगानी रहेको फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्। फिल्ममा मित्र डी गुरुङको सम्पादन छ।

माघ १, २०८० सोमबार १६:३३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।